राजनिति

दाङ- २ बाट रेखा शर्मा खड्का निर्वाचित

अनलाइन नेपालगंज

बिहीबार, ८ मंसिर २०७९

दाङ- २ बाट माओवादीकी रेखा शर्मा खड्का निर्वाचित बनेकी छिन् । उनले नेकपा एमाले महासचिव  शंकर पोखरेललाई  १९६ मतले पराजित गर्दै निर्वाचित भएकी हुन् ।

कुल ७९ हजार ४ सय ४६ मत गणना गर्दा पूर्व मन्त्री समेत रहेकी रेखाले २६ हजार ८ सय ७७ मत प्राप्त गरेकी हुन । उनका निकटतम प्रतिद्वन्द्वी  एमाले महासचिव पोखरेलले २६ हजार ६ सय ८१ मत प्राप्त गरेका थिए ।