राजनिति

दाङ २ (क) प्रदेशसभा सदस्यम काँग्रेसका उम्मेदवार राजु खनाल  निर्वाचित

अनलाइन नेपालगंज

बुधबार, ७ मंसिर २०७९

दाङ निर्वाचन क्षेत्र नं २ (क)  प्रदेशसभा सदस्यमा नेपाली काँग्रेसका उम्मेदवार राजु खनाल  निर्वाचित भएका छन् ।

काँग्रेस लुम्बिनी प्रदेशका उपसभापति समेत रहेका खनालले १५ हजार ६ सय १६ मत प्राप्त गरि निर्वाचित भएका हुन् ।

खनालका निकटतम प्रतिष्पर्धी नेकपा एमालेका बलीभद्र रानाले १४ हजार ४ सय ४९ मत प्राप्त गरे । काँग्रेसका खनालले एमाले उम्मेदवार रानालाई १ हजार १ सय ६७ मतान्तरले पराजित गरेका हुन् ।

यो निर्वाचन क्षेत्रमा ३७ हजार ८६ मत खसेको थियो ।