मुख्य खबर

बाँके ३ मा नेपाली कांग्रेसका उम्मेदवार राठोरले लिए अग्रता

अनलाइन नेपालगंज

मंगलवार, ६ मंसिर २०७९

बाँके क्षेत्र नम्बर ३ मा नेपाली कांग्रेसका उम्मेदवार किशोरसिंह राठोरले अग्रता लिएका छन्।

उनले ८२६१ मत ल्याएका छन्। मतगणना जारी छ।

यहाँ नेकपा एमालेका उम्मेदवार किस्मतकुमार कक्षपतीले ७७१८ मत ल्याएका छन्।

कांग्रेसका राठोर एमालेका कक्षपतीभन्दा ५४३ मतान्तरले अगाडि छन्।