मुख्य खबर

बाँके २(२) मा जसपाका आदेशको अग्रता

अनलाइन नेपालगंज

मंगलवार, ६ मंसिर २०७९

बाँकेको प्रदेशसभा २(२) मा जसपाको अग्रता छ । १३३८८ मत गणना हुँदा जसपाका आदेशकुमार अग्रवालले ३२८५ मतका साथ अग्रता लिएका छन् ।

उनलाई नेपाली कांग्रेसका सुरेन्द्रबहादुर हमालले २८५५ मतका साथ पछ्याएका छन् । तेस्रो स्थानमा रहेका नेकपा एमालेका निरक गुरुंगले २७४५ र माओवादी केन्द्रका अकलबहादुर बमले १४११ मत पाएका छन् ।