राजनिति

दाङको २ को प्रारम्भिकक मत परिणाम सार्वजनिक

अनलाइन नेपालगंज

सोमबार, ५ मंसिर २०७९

दाङको निर्वाचन क्षेत्र नं. २ को प्रारम्भिकक मत परिणाम सार्वजनिक भएको छ।

२७८० मत गन्दा गठबन्धन दलकी उम्मेदवार नेकपा (माओवादी केन्द्र) की नेतृ रेखा शर्मा खड्काले १४५० मत प्राप्त गरेकी छन्।

उनका प्रतिष्पर्धी नेकपा एमालेका महासचिव शंकर पोखरेलले ८४६ मत पाएका छन्।

राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार विशाल अधिकारीले २८१ मत प्राप्त गरेका छन्।

पहिलो पटकमा घोराहीको बजार क्षेत्र वडा नं. १५ र वडा नं. १९ का साथै पहाडी क्षेत्र बंगलाचुली गाउँपालिका वडा नं. २,५ र ८ को एक /एक मत पेटिका खोलेर गणना गरिएको थियो।