समाचार

नबिल बैंकको शाखा कार्यालयमा आज बिहान आगलागी

अनलाइन नेपालगंज

बुधबार, ३० कार्तिक २०७९

बाँकेको कोहलपुर नगरपालिका-११ स्थित नबिल बैंकको शाखा कार्यालयमा आज बिहान आगलागी भएको छ । आगलागीबाट भएको क्षतिको विवरण आइसकेको छैन ।

घरको दोस्रो तलामा आगलागी भएको हो । आज बिहान ५ः२५ बजे लागेको आगो एक घण्टापछि नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता एवम् डीएसपी रामप्रसाद घर्तीमगरले जानकारी दिए ।

उनका अनुसार दमकलको सहायताले आगो निभाइएको थियो ।