समाचार

बाबाला केन्द्रबिन्दु भएर भूकम्प

अनलाइन नेपालगंज

बुधबार, ३० कार्तिक २०७९

अछाम जिल्लाको बाबाला केन्द्रबिन्दु भएर भूकम्प गएको छ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार अछाम जिल्लाको बाबाला केन्द्रबिन्दु भएर आज साँझ ६ बजेर ८ मिनेट जाँदा ४.२ रेक्टर स्केलको भूकम्प गएको हो।

उक्त भूकम्प गोरखा भूकम्पको परकम्प नभएर नयाँ भूकम्प भएको सो केन्द्रले जनाएको छ।

पछिल्लो समय देशको सुदूरपश्चिम र मध्यपश्चिम क्षेत्र केन्द्रबिन्दु भएर भूकम्प जाने क्रम बढेको छ।