विशेष

७२ घण्टाका लागि सीमानाका बन्द हुने

अनलाइन नेपालगंज

सोमबार, २८ कार्तिक २०७९

नेपालगञ्ज : यही मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि भारतसँग जोडिएका बाँकेका सीमा नाका ७२ घन्टाका लागि बन्द गरिने भएको छ ।

यही आउँदो ४ गते हुने निर्वाचनलाई स्वच्छ, निष्पक्ष, शान्तिपूर्ण र भयरहित बनाउनका लागि मंसिर १ गते राती १२ बजेदेखि मंसिर ४ गते राती १२ सम्मका लागि नेपाल भारत सीमा नाका बन्द गरिनेछ । नेपालले मात्रै नभएर भारतीय प्रशासनले समेत आफ्नो भुमीबाट सिमा पुर्णरुपमा बन्द गर्नेछ ।

तोकिएको अवधिभर कुनै पनि सवारीसाधन र कोही कसैलाई पनि सीमा नाकाबाट आवातजावत गर्नमा पूर्णरुपमा प्रतिबन्ध लगाइने भएको छ । सिमा नाका बन्द भएको समयमा जबर्जस्ती घुसपैठ गर्ने जोसुकैलाई कानुन अनुसार कारबाही गरिने गृह मन्त्रालयले जनाएको छ । मंसिर १ गते राती १२ बजेदेखि ४ मंसिर राती १२ बजेसम्म देशैभरका सबै नाका बन्द हुनेछन् ।