समाचार

घरमा पसेको चितुवा नियन्त्रणमा

अनलाइन नेपालगंज

आईतवार, २७ कार्तिक २०७९

काठमाडौंको नैकापबाट चितुवा नियन्त्रणमा लिइएको छ।

आइतबार दिउँसो नैकापको एक घरमा पसेपछि चितुवालाई नियन्त्रणमा लिएको हो।

चितुवा १५ किलोको छ। नियन्त्रणमा लिएको चितुवा बच्चा भएको प्रहरीले जनाएको छ।

बिहान पौने ९ बजेदेखि पूरानो नैकाप ठकुरी गाउँस्थित तरकारी टनेलमा चितुवा देखा परेको थियो।

प्रहरीले वन कार्यालयका कर्मचारीसँग समन्वय गरी चितुवालाई नियन्त्रणमा लिएको हो।

चितुवालाई डिभिजन वन कार्यालय काठमाडौंले नियन्त्रणमा राखेको छ। चितुवालाई के गर्नेबारे कार्यालयले निर्णय लिनेछ।