विशेष

बाँके राष्ट्रिय स्वतन्त्र पार्टिका उम्मेदवार विनोद अग्रहरीद्वारा सुजबुझ सहितको बाचापत्र

अनलाइन नेपालगंज

आईतवार, २० कार्तिक २०७९

नेपालगञ्ज : बाँके क्षेत्र नम्बर २ मा शनिवार पत्रकार भेटघाटको आयोजना गरी राष्ट्रिय स्वतन्त्र पार्टिका तर्फबाट प्रतिनिधि सभामा उम्मेदवारी दिएका विनोद अग्रहरीले समृद्ध बाँकेको लागि बाचा पत्र सार्वजनिक गरेका छन् ।

बाचा पत्रमा शिक्षा, स्वास्थ्य, उद्योग, पर्यटन, सुन्दर सहर र उच्चतम प्रविधिलाई बाचापत्रमा अग्रहरीले उल्लेख गरेका छन् । समस्या मात्र देखाएर आफुले जनतासंग साथ नमागेको बताउँदै उनले समस्याको समाधान सहित जनतामाझ पुगिरहेको बताएका थिए ।

उनले बाँके जिल्लाको खस्कदै गएको अवस्था देखेर युवा पुस्तालाई चिन्तित बनाएको भन्दै यसलाई सुधार गर्न आफुले प्रतिनिधि सभामा उम्मेदवारी दिएको उल्लेख गरे ।