विशेष

आइतबार बिहान नेपालगञ्जको रामनगरमा विष्फोट

अनलाइन नेपालगंज

आईतवार, १३ कार्तिक २०७९

नेपालगञ्ज : आइतबार बिहान नेपालगञ्जको रामनगरमा रहेको चुरा गोदाममा आगलागि हुँदा ठूलो विष्फोट समेत भएको छ । विष्फोटका कारण गोदामघर पूर्णरुपले क्षति भएको छ । सो घटनामा परेर एक जनाको ज्यान गएको छ ।

चुराको गोदाममा भएको आगलागिको कारण खोज्न प्रहरीले अनुसंन्धानमा जुटेको जनाएको छ । प्रहरी स्रोतका अनुसार घटनास्थलमा विष्फोटको कारक भेटाउन सकेको छैन । ‘बारुदको गन्ध छैन, सिलिण्डर पड्केको हो भने पनि छतमा वा त्यसको अवषेश फेला परेको छैन । अनुसंन्धान कै क्रममा छौ’– प्रहरी स्रोतले भन्यो ।

आगलागि संगै भएको विष्फोटलाई आसन्न निर्वाचनलाई समेत जोडर विभिन्न शंका आशंका उठेका छन । प्रहरीले चुरामा लागेको आगोको धुवाँको कारण विष्फोट भएको आशंका गरेको छ ।

विष्फोटको कारण टोल नै थर्किएको टोलबासीको भनाई छ । विष्फोटले घरको पर्खाल पुरै भत्किएको छ भने, भर्याङ्ग, समेत चर्किएर क्षति भएको छ । यसैबीच जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता समेत रहेका प्रहरी नायव उपरिक्षक रामप्रसाद घर्तीमगरले घटनाको शुष्म अनुसंन्धान सुरु गरेको बताए । अनुसंन्धान पछि कारण खुल्ने उनको भनाई छ ।