विशेष

जङ्गली हात्तीको आक्रमणबाट बर्दियामा एकको मृत्यु

अनलाइन नेपालगंज

शनिबार, ५ कार्तिक २०७९

बर्दिया : बर्दियाको बारबर्दिया–७ मा जङ्गली हात्तीको आक्रमणमा परी एक जनाको मृत्यु भएको छ ।

आक्रमणमा परी ५० वर्षीय सोलिराम थारूको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाका नायब उपरीक्षक हिक्मतबहादुर बोहोराले जानकारी दिए ।

पूर्व पश्चिम महेन्द्र राजमार्ग नजिकै ‘मर्निङ वाक’मा निस्केको बेला थारू हात्तीको आक्रमणमा परेका थिए । पछिल्लो समयमा बर्दियामा जङ्गली जनावरको आक्रमण बढ्दो रहेको छ ।