विशेष

बाँके क्षेत्र न २ः इस्तियाकलाई आफनैबाट डर, धबल छक्का हान्ने प्रयासमा, विरासत जोगाउने दाउमा कांग्रेस

अनलाइन नेपालगंज

बिहीबार, ३ कार्तिक २०७९

३ कार्तिक, बाँके । आसन्न मंसिर ४ गते हुने निर्वाचनका लागी बाँके क्षेत्र २ प्रतिनिधिसभा निर्वाचनमा कस्ले बाजी मार्ला भन्ने विषयमा चिया पसल, भट्टी पसल र सार्वजनिक स्थानमा मात्र होइन बाँके लगायतक केन्द्रमा समेत चासोको विषयमा बनेको छ ।
यही क्षेत्रबाट जसपाका नेता तथा पुर्वमन्त्री इस्तियाक राई, नेपालगञ्ज उपमहानगरपालिका निर्वतमान प्रमुख एवं राप्रपाका नेता डा.धवशमशेर राणा, नेपाली कांग्रेसबाट सुदीपनरसिंह राणा, शिवसेनाका दिवाकर खनाल र ५ जना स्वतन्त्रसहित १५ जना चुनवी मैदानमा रहेका छन् ।

राप्रपा र नेकपा एमालेको तालमेलमा धवलशमशेर राणा अगाडि सारिएका हुन् भने अन्य मधेश आन्दोलनबाट आफनो पहिचान बनाउँदै लगातार सो क्षेत्रबाट निर्वाचन जित्दै आएका जसपाका नेता इस्तियाक राई दुइपटक मैत्री भैसकेका छन् । त्यस्तै राप्रपाका धवल राणा पनि नेपालगञ्ज उपमहानगरपालिकाको २ पटक मेयर भैसकेका व्यक्ति हुन ।

अहिले यी दुई जनाको चर्चा भैरहेका बेला कुनै समयमा शुशील कोइरालाको निर्वाचन क्षेत्र रहेको सो स्थानमा नेपाली कांग्रेसले आफनो पुरानो गुमेको साख जोगाउनका लागी माओवादीको समर्थन रहने गरी सुदीपनरसिंह राणालाई चुनावी मैदानमा उतारेको छ । सामाजिक क्षेत्रमा रहेर नाम कमाएका तथा कुनैबेला माओवादीले गोली हानेर वेवारिसे अवस्थामा छोडेको तर भाग्यले बाँचेका दिवाकर गौतम स्थानीय स्तरमा चिरपरिचित व्यक्ति पनि हुन् । निर्वाचन यिनै चारजनाको सेरोफेरोमा रहने आकंलन गरिएको छ ।

नेपागञ्ज उपमहानगरपालिकाका २ वटा वडा बाहेक २१ वटा वडा र डुडुवा गाँउपालिका बाँके क्षेत्र न ३ मा पर्दछ । जसपाले केन्द्रमा नेकपा एमालेसँग तालमेत गरे पनि बाँके ३ मा भने नेकपा एमालले राप्रपाका उम्मेदवारलाई सघाउने भएको छ । राप्रपा र नेकपा एमाले सँगै चुनावी प्रचारप्रसारमा देखिएका छन ।

एमालेका नेताहरुका अनुसार केन्द्रमा जसपा र राप्रपासँग गठबन्धन भएपनि बाँकेमा भने एमालले राप्रपाका उम्मेदवारलाई नै सघाउने बताउँछन । कार्यकर्तालाई भ्रम नहोस् भनेर चुनावी प्रचारप्रसार पनि सँगै गरिएको उनको भनाई छ । जसपाका नेता राई एक्लै चुनवी मैदानमा छन् । दुईपटक सांसद र दुवै पटक मन्त्री भएका राईले नेपालगञ्जबासीका लागि कुनै दीर्घकालिन आयोजना नल्याएको आरोप मात्र लागेको छैन बिना टेन्डर आकाशे पुलको शिल्यान्यास, नदी तथा खोलाहरुमा पुलको शिलान्यास गरेका कारण मतदाताहरु रुष्ट छन । टेन्डरको प्रकृया नहुँदै मन्त्री भएकै बेला राईले एकै दिन २ देखि ३ वटासम्म पुलको शिलान्यास गरेको थिए । स्थानीयबासीहरुका अनुसार अहिले नयाँ अनुहार ल्याउने बताउँछन । राईले संगठन पनि बलियो बनाएको देखिन्छ तर ती संगठनमा रहेका कार्यकर्ता तथा नेताहरुलाई समेटन नसकेको आरोप पनि लाग्दै आएको छ ।

कुनै समय राइकै पीए रहेका समसुल हक राई स्वतन्त्रबाट निर्वाचन लडदै छन् । यसबाट पनि इस्तियाकलाई अप्ठेरो पर्ने देखिन्छ । जसपाको मत बाडिने प्रष्ट देखिन्छ । यसको फाइदा धवलशमशेले लिन सक्नेछन् । स्वतन्त्रबाट चुनावी मैदानमा रहेका समसुल हक राई जसपाका लुम्बिनी प्रदेश सदस्य हुन् । यता एमालेको समर्थन पाएका राप्रपाका धवलशमशेर राणाको पनि संगठन बलियो भएपनि गएको स्थानीय तहको निर्वाचनमा उनको पार्टी नेपालगञ्ज उपमहानगरपालिकामा तेस्रो भएको थियो । आफुले जितेको स्थान जोगाउन नसकेको हुँदा धवललाई पनि निर्वाचन जित्न सहज देखिदैन् । उता माओवादी र कांग्रेसको गठबन्धनमा रहेका नेपाली कांग्रेसका सुदीपनरसिंह राणालाई निर्वाचन जित्न झन हम्मे हम्मे पर्ने देखिन्छ ।

उनलाई तुलनात्मक रुपमा निकै कमजोर रहेको माआवादीको साथ पाएपनि निर्वाचन जित्न सहज देखिदैन । उपमहानगरपालिकामा गठबन्धनबाट नेपाली कांग्रेसले जितेको भएपनि अहिले त्यो मत बाडिने छ जसका कारण निर्वाचन आफनो पक्षमा पार्न सहज छैन । यता शिवसेनाको समर्थनमा दिवाकर खनालले पनि प्रचारप्रसार अभियानलाई तीव्र पारेको देखिन्छ । संगठन नभएको अवस्थामा व्यक्तिगत मत तान्न सक्ने र भावनात्मक हिसाबले मत बटुल्दै जाने उनको रणनीति रहेको छ । तर त्यतिले मात्रै नपुग्ने देखिन्छ । यसरी हेर्दा प्रतिस्पर्धामा रहेकाहरु मध्ये केही हदसम्म डा. धवलशमशेर राणाको पल्ला भारी देखिन्छ तर यसका लागी मंसिर ४ गतेसम्म पर्खनुको कुनै विकल्प देखिदैन् ।