विशेष

राजेन्द्र लिङ्देनको निर्देशन : सूर्यमा भोट नहाले मंसिर ४ पछि राप्रपा कार्यकर्ताका रुपमा भेट हुने छैन

अनलाइन नेपालगंज

बुधबार, २ कार्तिक २०७९

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले चुनावी तालमेल भएका ठाउँमा अनिवार्य नेकपा एमालेको चुनाव चिह्न सूर्यमा भोट हाल्न निर्देशन दिएका छन्।

झापा क्षेत्र नम्बर १ को धुलाबारीमा बुधबार एमाले र राप्रपाले गरेको संयुक्त कार्यकर्ता भेलालाई सम्बोधनका क्रममा उनले यस्तो बताएका हुन्। एमाले अध्यक्ष केपी शर्मा ओली र अन्य नेता पनि उपस्थित उक्त भेलामा लिङ्देनले तालमेल सहमतिअनुसार सबैले झापा क्षेत्र नम्बर १ मा मंसिर ४ गते सूर्यमा भोट हाल्नुपर्ने बताएका हुन्।

‘झापा क्षेत्र नम्बर १ मा एमालेको सूर्य चिह्नमा भोट नहाले मंसिर ४ पछि राप्रपाका कार्यकर्ताको रुपमा भेट हुने छैन’, उनले भनेका छन्।

झापा क्षेत्र नम्बर १ मा एमालेले राप्रपासँगको तालमेलमा अग्नि खरेललाई मैदानमा उतारेको छ।
अर्कातिर सत्ता गठबन्धनको साथ लिएर नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आफूलाई फेरि एक पटक परीक्षण गर्दैछन्।