विशेष
शताब्दी पुरूष सत्यमोहन जोशीको निधन
अनलाइन नेपालगंज
आईतवार, ३० आश्विन २०७९
३० असोज, काठमाडाैँ। शताब्दी पुरूष सत्यमोहन जोशीको निधन भएको छ । ललितपुरस्थित किस्ट मेडिकल कलेजमा उनको आइतबार बिहान ७ बजे निधन भएको पारिवारिक स्रोतले बताएका छन्।
डेंगु भएपछि अस्पताल भर्ना भएका जोशीको मुटुमा पनि समस्या देखिएपछि उनको किस्ट मेडिकल कलेजमा उपचार भइरहेको थियो। उनी गत असोज ७ गते अस्पताल भर्ना भएका थिए।
उनक १०३ वर्षको उमेरमा निधन भएको हो।