राजनिति

बर्दियाको जब्दीघाटको पुल बगयो

अनलाइन नेपालगंज

सोमबार, २४ आश्विन २०७९

बर्दिया : मंगलवार रातिदेखिको अविरल वर्षापछि आएको बाढीले बबई नदीको जब्दीघाटको पुल बगाएको छ ।

बारबर्दिया नगरपालिका र गुलरिया नगरपालिका जोड्ने पुल आठ वर्षअघि निर्माण भएको थियो । विसं २०७१ मा बबईमा आएको बाढीले यस पुलको बीच भागको पिलर धस्सिएपछि क्षतिग्रस्त भएको थियो ।

केही दिनयताको लगातारको वर्षापछि बबई नदीको सतह बढ्ने क्रममा क्षतिग्रस्त बनेको पुलको बीच भागको स्पान, स्पर पिलर बगाएको प्रमुख जिल्ला अधिकारी बन्धु बास्तोलाले जानकारी दिए ।