समाचार

प्रभु बैंकका कर्मचारी आन्दोलनमा, विभिन्न माग राख्दै केन्द्रीय कार्यालय अगाडी धर्ना

अनलाइन नेपालगंज

शुक्रबार, १० भाद्र २०७९

काठमाडाैं । आफुहरुमाथि भएको विभेदको अन्त्य गर्नुपर्ने माग गर्दै प्रभु बैंकका कर्मचारीहरुले केन्द्रीय कार्यालय अगाडी धर्ना दिएका छन् । प्रभु बैंक वित्तीय संस्था कर्मचारी युनियनले आज केन्द्रीय कार्यालय अगाडी धर्ना दिएको हो ।

मंगलबार काठमाडौंको बिजुलीबजारस्थीत कार्यालय अगाडी प्रभु बैंक वित्तिय संस्था कर्मचारी युनियनले आफुहरुमाथिको विभेद अन्त्य गर्नुपर्ने, विभेदकारी पदोन्नती सूचीमा छुटेका सम्पूर्ण कर्मचारीहरुको तुरुन्त पदोन्नती गर्नुपर्ने लगाएतका माग राख्दै धर्ना दिएका हुन् । उनीहरुले संस्थागन शुसाशन कायम गर्नुपर्ने र संस्थागत संस्कृतिको बिकास गनुपर्ने माग राखेका छन् ।

युनियनले संस्थागत सुशासन कार्यम गर, कर्मचारीहरूमाथीको विभेद अन्त्य गर, संस्थागत संस्कृतिको विकास गर, विभेदकारी पदोन्नती सूचीमा छुटेका कर्मचारीलाई तुरुन्त पदोन्नती गर र युनियनका मागहरू तुरुन्त सम्वोधन गर लेखिएको कालो ब्यानर पनि टाँगेका छन् ।

युनियनका मागहरु तुरुन्त सम्बोधन नगरे अर्को चरणको आन्दोलन गर्ने चेतावनी उनीहरुले दिएका छन् ।