मनोरञ्जन

बलिउड अभिनेता सलमान खानको हत्या प्रयासको खुलासा

अनलाइन नेपालगंज

शुक्रबार, २७ जेष्ठ २०७९

काठमाडौं । बलिउड अभिनेता सलमान खानको हत्या गर्ने असफल प्रयास भएको खुलासा गरिएको छ । लरेन्स विष्णोइ नामको संगठनले सलमानको घरमै सार्पसुटर पठाएर हत्या गर्न खोजेको भारतीय मिडियाले उल्लेख गरेका छन् ।

उक्त समाचार भारतीय मिडियाले प्राथमिकताक साथ प्रसारण गरेका छन् । गायक सिद्दु मुसेवालाको हत्या गर्ने समूहले नै सलमानको हत्या गर्ने प्रयास गरेको भारतको टाइम्स नेटवर्कले जनाएको छ । समाचारअनुसार अन्तिम समयमा सलमानलाई गोली हान्ने निर्णयबाट सार्पसुटरले पछि हटेका थिए ।

भारतीय मिडियाका अनुसार त्यस दिन बिहान सलमान सधैँझै आफ्नो निवासको कम्पाउन्डमा साइक्लिङ गरिरहेका थिए । उनको छेउछाउ कुनै बडीगार्ड थएनन् । हक्कीको ब्यागमा बन्दुक बोकेका सार्पसुटर सलमानलई बाहिर ढुकेर बसेका थिए । सलमान गेटबाट निस्कनासाथ गोली हान्ने उनीहरूको तयारी थियो ।

तर, ठिक त्यही बेला मुम्बई पुलिसको एउटा टिम सलमानको गेटमै आइपुग्यो । त्यस दिन सलमानको एउटा कन्सर्ट भएकाले उनलाई स्कर्टिङका लागि प्रहरीको टोली आएको थियो । अचानक प्रहरीलाई देखेपछि सार्पसुटर हच्किएको र अहिले गोली नहान्ने निर्णय उनीहरु पुगेको समाचारमा जनाइएको छ ।

केही दिन अगाडि मात्रै सलमान खान र उनका पितालाई ज्यान मार्ने धम्कीसहितको पत्र भेटिएको थियो । सलमानका पिता सलिम खानले मर्निङ वाकपछि आराम गर्ने क्रममा बेन्चमै सो पत्र भेटेका थिए । यस विषयमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।