विशेष

भद्रपुर उडेको बुद्ध एयरको विमान काठमाडौं फिर्ता

अनलाइन नेपालगंज

बुधबार, १८ जेष्ठ २०७९

काठमाडौं। झापाको भद्रपुरका लागि उडेको बुद्ध एयरको विमान काठमाडौं फिर्ता भएको छ ।

फ्लाइट नम्बर–९५३ ‘ए–एनपी’ विमानको टायरमा समस्या देखिएपछि काठमाडौं फिर्ता भएको त्रिभुवन विमानस्थल नागरिक उड्यन कार्यालयका प्रवक्ता टेकनाथ सिटौलाले जानकारी दिए ।

उनका अनुसार भद्रपुरका लागि छुटेको विमान ११ बजेर १० मिनेटमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरिएको छ । विमानमा ६९ जना यात्रु सवार थिए ।

जहाज सकुशल अवतरण गरेर प्राविधिक जाँच भइरहेको प्रवक्ता सिटौलाले जानकारी दिए । काठमाडौंबाट ३० नटिकल माइल उडेको विमान काठमाडौं फिर्ता हुँदा केही समय काठमाडौं विमानस्थल बन्द गरिएको थियो ।