मनोरञ्जन

‘कबड्डी-४’की अभिनेत्री मिरुना मगरविरुद्ध नाराबाजी गर्दै प्रदर्शन

अनलाइन नेपालगंज

मंगलवार, १७ जेष्ठ २०७९

काठमाडौं । नेपाली फिल्म ‘कबड्डी–४’की अभिनेत्री मिरुना मगरविरुद्ध नाराबाजी गर्दै प्रदर्शन गरिएको छ ।
मिरुनालाई दव्र्यवहार गरेको आरोपमा पक्राउ परेका एक बौद्ध भिक्षुलाई तत्काल रिहाइ गर्न माग गर्दै मंगलबार चावहिलस्थित केएल टावर अगाडि फिल्म ‘कबड्डी–४’ विरुद्ध प्रदर्शन गरिएको हो ।

कबड्डी–४ फिल्म प्रोमोसनमा जाँदा अभिनेत्री मगरमाथि दुव्र्यवहार गरेको भन्दै प्रहरीले एक युवकलाई पक्राउ गरेको थियो । आइतबार दिउँसो साढे २ बजे मुगुको मुगूम कार्मारोङ गाउँपालिका–२ घर भएका २४ वर्षीय फुर्वा तामाङलाई पक्राउ गरेको थियो ।

अभद्र व्यवहार गरेको भन्दै अभिनेत्री मगरले तामाङमाथि थप्पड हानेको भिडियो सिामाजिक सञ्जालमा भाइरल भइरहेको छ । प्रदर्शनमा उत्रिएका युवाहरूले पक्राउ परेका व्यक्ति तामाङ भिक्षु भएको र उनले अभद्र व्यवहार नगरेको भन्दै विरोध प्रदर्शन हुन् । ती युवाहरूले अभिनेत्री मगरले माफी माग्नुपर्ने र भिक्षुलाई निःशर्त रिहा गर्नुपर्ने माग राखेका छन् ।

प्रदर्शनको क्रममा उनीहरूले कबड्डी–४ को पोष्टर समेत जलाएका थिए। हाल त्यहाँ ६०–७० जना व्यक्तिहरू भेला भएको प्रहरीले जनाएको छ । तामाङलाई जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट म्याद थप गरी प्रहरीले थप अनुसन्धान अघि बढाएको छ ।