मुख्य खबर

यौंन दुर्व्यवहार गरेको आरोपमा शिक्षक पक्राउ

अनलाइन नेपालगंज

मंगलवार, १० जेष्ठ २०७९

काठमाडौं । छात्रामाथि यौन दुर्व्यवहार गरेको आरोपमा काठमाडौंको चाबहिलस्थित सेन्ट लरेन्स कलेजका शिक्षकलाई प्रहरीले पक्राउ गरेको छ ।

कलेजका तीन जना विद्यार्थीले दिएको किटानी जाहेरीका आधारमा कलेजका सामाजिक शिक्षक जनार्दन अधिकारीलाई पक्राउ गरिएको काठमाडौं प्रहरीले जानकारी दिएको छ ।

घटनाको अनुसन्धानका लागि म्याद थपका लागि अधिकारीलाई मंगलबार नै अदालतसामु उपस्थित गराउने तयारी भएको प्रहरीले जनाएको छ ।

मंगलबार बिहानदेखि कलेजका विद्यार्थी शिक्षकले यौन दुव्र्यवहार गरेको भन्दै आन्दोलित भएका थिए । शिक्षक अधिकारीमाथि केही समययता ११ र १२ कक्षामा पढ्ने छात्रालाई दुर्व्यवहार गरेको आरोप लागेको छ ।