विशेष

पाँच डिआइजी एआइजी बढुवामा सिफारिस

अनलाइन नेपालगंज

सोमबार, ९ जेष्ठ २०७९

काठमाडौं। नेपाल प्रहरीका पाँच डिआइजी एआइजीमा बढुवाका लागि सिफारिस भएका छन् ।

सोमबार बसेको बढुवा समिति बैठकले पाँच जना नायब महानिरीक्षकलाई अतिरिक्त महानिरीक्षक (एआइजी) मा बढुवाका लागि सिफारिस गर्ने निर्णय गरेको हो ।

सिफारिस हुनेमा पहिलो नम्बरमा उत्तमराज सुवेदी, दोस्रामा अरुणकुमार बिसी, तेस्रोमा दिवेश लोहनी, चौथोमा मुकुन्द राज आचार्य र पाँचौ नम्बरमा पूजा सिंह छन् । अब बस्ने मन्त्रिपरिषद् बैठकले उनीहरूलाई बढुवा गर्ने निर्णय गर्नेछ ।