राजनिति

नेपालगन्ज वडा नं. १८ मा एमालेका कुमार बर्मा विजयी

अनलाइन नेपालगंज

बिहीबार, ५ जेष्ठ २०७९

नेपालगञ्ज । स्थानीय निर्वाचनबाट नेपालगन्ज वडा नं. १८ मा नेकपा एमालेका उम्मेदवार दिपक कुमार बर्मा लोकप्रिय मत सहित वडाध्यक्ष निर्वाचित भएका छन् ।

उनले कुल खसेको मतको ५१ प्रतिशत मत ल्याएका हुन् । वडाध्यक्ष उम्मेदवार दिपक बर्माले खसेको ४४२४ मत मध्ये २२५६ मत ल्याएर विजयी भए । उनी निकट रहेका नेपाली काँग्रेस वडाध्यक्ष पदका उम्मेदवार सानु बर्माले १४५५ मत ल्याएका थिए ।

सदस्यहरुमा दिग्बिजय ढुङ्गाना, आशा शाही, बलराम रैदास, कृष्णावती चमार विजयी भएका थिए । अहिलेसम्म आधिकारिक घोषणा भने गरिएको छैन ।