मुख्य खबर

नेपालगञ्जमा मतगणना सुरु

अनलाइन नेपालगंज

शनिबार, ३१ बैशाख २०७९

३१ वैशाख, नेपालगञ्ज । बाँकेको नेपालगञ्ज उपमहानगरपालिकामा मतगणना सुरु भएको छ । सर्वदलीय बैठकको निर्णय अनुसार मतगणना सुरु भएको बाँकेका जिल्ला निर्वाचन अधिकारी रमा अर्यालले जानकारी दिनुभयो ।

उहाँका अनुसार जिल्लाको जानकी गाउँपालिका, खजुरा, बैजनाथ, नरेनापुर र राप्ती सोनारी गाउँपालिकामा बिहानदेखि मतगणना सुरु भएको छ । बाँकेमा ६५ प्रतिशत मतदान भएको थियो ।

एक उपमहानगरपालिका, ६ गाउँपालिका रहेको जिल्लामा बाँकेका आठ स्थानीय तहमा तीन लाख २९ हजार ४७३ मतदाता रहेका छन् । बाँकेका आठ स्थानीय तहमा १३६ मतदानस्थल र ३७९ मतदान केन्द्र रहेका थिए ।