राजनिति

विप्लवलाई महासचिवबाट हटाइयो

अनलाइन नेपालगंज

बुधबार, २१ बैशाख २०७९

काठमाडौं। नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका विद्रोही नेताहरू हेमन्तप्रकाश ओली ‘सुदर्शन’ र धर्मेन्द्र बास्तोला पक्षको भेलाले विप्लवलाई महासचिवबाट हटाएको छ ।

चितवनको पर्सामा बुधबार सुरु भएको विद्रोही पक्षको राष्ट्रिय भेलाले महासचिवको जिम्मेवारीबाट विप्लवलाई हटाउँदै पार्टीबाटै निश्कासन गरेको हो ।

साथै खड्गबहादुर विश्वकर्मा प्रकाण्ड प्रवक्ताको जिम्मेवारीबाट हटाएको पनि केन्द्रीय सदस्य गुणराज लोहनीले जानकारी दिए । भेलाले धर्मेन्द्र बास्तोलालाई संयोजक तोकेको छ । उक्त निर्णयपछि दस्तावेजमाथि छलफल सुरु भएको लोहनीले जानकारी दिए । भेलाबाटै नयाँ पार्टी गठन गर्ने समेत विद्रोही नेताहरुले तयारी गरेका छन् ।

स्थानीय चुनाव उपयोग गर्ने या नगर्नेबारेमा नेकपामा विवाद सुरु भएर एकअर्कालाई कारवाही गर्नेसम्म पुगेको हो । पार्टीको नीति विपरीत गएको भन्दै विप्लवले नेताहरु धर्मेन्द्र वास्तोला र हेमन्तप्रकाश वलीलाई पार्टीबाटै निष्कासन गरेका थिए ।