विशेष

सशस्त्र प्रहरीको एआईजीमा राजु अर्याल नियुक्त

अनलाइन नेपालगंज

आईतवार, १८ बैशाख २०७९

काठमाडौं । सरकारले राजु अर्याललाई सशस्त्र प्रहरीको महानिरीक्षक (एआईजी) मा नियुक्त गरेको छ ।

आइतवारको बसेको मन्त्रिपरिषद्को बैठकले अतिरिक्त सशस्त्र प्रहरी महानिरीक्षक (एआईजी) मा अर्याललाई बढुवा गर्ने निर्णय गरेको हो ।

एआईजीका दुई दरबन्दीमध्ये रामशरण पौडेलले आइतबारदेखि अवकाश पाउँदैछन् । सशस्त्र प्रहरी नियमावलीमा उपलब्ध एआईजीमध्येबाट आईजीपी नियुक्त गर्नुपर्ने व्यवस्था छ ।

सशस्त्रमा अर्याल आईजीपीका लागि एक्ला दाबेदार थिए । अहिलेका आईजीपी पुष्पराम केसीले आजैदेखि अवकाश पाउँदै छन् ।