विशेष

निर्वाचनसम्बन्धी भिडियो प्रचारप्रसार गरी नगद पुरस्कार जित्न सकिने

अनलाइन नेपालगंज

आईतवार, १८ बैशाख २०७९
काठमाडौं । निर्वाचन आयोगले निर्वाचनसम्बन्धी सन्देशमूलक भिडियोलाई प्रचारप्रसार वा अपलोड गरी २० देखि ५० लाख दर्शक ‘भ्युज’ पुर्‍याउनेलाई नगद पुरस्कार दिने भएको छ । आयोगले पचास लाख भ्युज पुर्याउनेलाई ५० हजार, ३० लाख भ्युज पुर्‍याउनेलाई ३० हजार र २० लाख भ्युज पुर्‍याउनेलाई २० हजार रूपैयाँ पुरस्कार दिने आयोगले जनाएको हो । वैशाख ३० गते हुने स्थानीय चुनावका लागि आयोगले बनाएका सन्देशमुलक भिडिओ वैशाख २९ गतेभित्र आफ्नो फेसबुक, युट्युव, टिकटकलगायतमा पोस्ट गर्ने, सेयर गर्नुपर्ने आयोगले जनाएको छ । त्यस्ता भिडिओहरू आयोगका ट्वीटर, युट्युव र फेसबुक तथा भाइबरमा अपलोड गरिसकिएका छन् ।