विशेष

स्याङ्जामा जीप दुर्घटना हुँदा चार जनाको घटनास्थलमै मृत्यु, पाँच घाइते

अनलाइन नेपालगंज

आईतवार, ४ बैशाख २०७९

काठमाडौं । स्याङ्जाको वालिङ नगरपालिका–१२ डाँडाखर्कमा जीप दुर्घटना हुँदा चार जनाको घटनास्थलमै ज्यान गएको छ ।

बिहान डाँडाखर्कबाट वालिङका लागि छुटेको ग १ ज ७३९९ नम्बरको जीप सडकबाट पल्टिदा पाँच जना घाइते भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी निरीक्षक पद्मराज थापाले जानकारी दिए ।

उनका अनुसार घाइते पाँच जनाको उद्धार गरी उपचारका लागि प्राथमिक स्वास्थ्य चौकी वालिङ पठाइएको छ । जीपमा ११ जना सवार रहेको जनाइएको छ । जीप अनियन्त्रित भएर पल्टिएको आशङ्का गरिएको छ । घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।