विशेष

अर्जुन दासको हत्या आरोपमा १० मध्ये चार जना पक्राउ

अनलाइन नेपालगंज

शुक्रबार, २ बैशाख २०७९

काठमाडौं । कैलालीको सामुदायिक वनभित्र मृत भेटिएका २५ वर्षीय अर्जुन दासको हत्यामा संलग्न प्रहरीले चारजनालाई पक्राउ गरेको छ ।

हत्या आरोपी १० मध्ये चार जनालाई प्रहरीको अपराध महाशाखाले पक्राउ गरी आज सार्वजनिक गरेको हो । पक्राउ पर्नेमा कैलाली जानकी ९ का सुमिद साउद, दिलिप दास, मनोज भण्डारी र बमबहादुर रहेका छन् ।

घटनाको झन्डै तीन महिनापछि प्रहरीले भारतबाट उनीहरूलाई पक्रेको हो । प्रहरीले बाँकी फरार आरोपीको पनि खोजी भइरहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार पक्राउ परेकाहरुले हत्या गरेको स्वीकारेका छन् ।

जानकी गाउँपालिका–९ अमरावतीका अर्जुनको शव रुखमा बाँधेर टाउको काटिएको अवस्थामा पुस ३ गते शनिबार अमरावती सामुदायिक वनमा भेटिएको थियो ।

पुस २ गते शुक्रबार करिब ५ बजेतिर उनी घरबाट निस्केका र राति घर फर्केका थिएनन् । वनमा घाँस काट्न गएका महिलाले देखेपछि वनका चौकीदारलाई खबर गरेका थिए ।