विशेष

कारको ठक्करबाट तीन जनाको मृत्युपछि बीपी चोकमा टायर बालेर प्रदर्शन

अनलाइन नेपालगंज

बिहीबार, १ बैशाख २०७९

नेपालगन्ज । नेपालगन्जमा कारको ठक्करबाट तीन जनाको मृत्यु भएपछि पीडितका आफन्त तथा स्थानीयबासीले बिहिबार विहानै देखि बिपि चोकमा टायर बालेर प्रदर्शन गरेका छ्न ।

कार र चालकलाई प्रहरीले नियन्त्रणमा लिएपनि कार्बाही र क्षतीपुर्ति दिन माग गर्दै टायर बालेर प्रदर्सन गरेका हुन् । नेपालगन्ज उपमहानगरपालिका–११ बिपिचोकमा चैत्र २७ गते आइतबार राति कारको ठक्करबाट तीनजना पैदलयात्रीको मृत्यु भएको थियो ।

मृत्यु हुनेमा ६५ वर्षीया समिना ईद्रिसी, ५ वर्षीय कलिम ईद्रिसी र ५ बर्षकै अली अन्सारी रहेका थिए । कारको ठक्करबाट गम्भीर घाइते भएका उनीहरुको उपचारका क्रममा नेपालगन्ज नर्सिङहोममा रातीनै मृत्यु भएको थियो ।

कारकाँदोबाट गणेशमान चोकतर्फ जादै गरेको प्रदेश नम्बर ३-०१-०२३ च ८४८१ नम्बरको कारले पैदल हिडिरहेका उनीहरुलाई राती पौने १२ बजे एकैसाथ ठक्कर दिएको थियो । कार सहित चालकलाई जिल्ला प्रहरी कार्यालय बाँकेले नियन्त्रणमा लिएको छ ।