मनोरञ्जन

नेपाल आउन लागेका सलमान खानका लागि १५ सय सुरक्षाकर्मी उपलब्ध गराइदिन माग

अनलाइन नेपालगंज

सोमबार, २८ चैत्र २०७८

काठमाडौं। नेपाल आउन लागेका बलिउड अभिनेता सलमान खानका लागि आयोजकले १५ सय सुरक्षाकर्मी उपलब्ध गराइदिन सरकारसँग माग गरेका छन् ।

सलमानको सुरक्षामा कुनै कमजोरी हुन नदिन र कार्यक्रममा कुनै अप्रिय घटना नघटोस् भनेर आफूहरुले १५ सय सुरक्षाकर्मी माग गरेको ओडीसीका प्रमुख सिमान्त गुरुङले जानकारी दिए ।

उनले यसबाहेक आफ्नोतर्फबाट गर्ने सुरक्षा प्रवन्ध गर्न निजी सेक्युरिटी कम्पनीबाट सेक्युरिटी हायर गर्ने जानकारी दिए । सेक्युरिटीबाट ल्याइएका ६०० देखि ७०० सेक्युरिटी फिल्डमा उतारिने गुरुडले बताए ।

कार्यक्रममा २०० स्वयंसेवक परिचालन हुने जनाइएको छ । सलमान खानको सुरक्षाका लागि सातजना पर्सनल बडिगार्ड प्रदान गर्नेछ आयोजकले जनाएको छ । सलमानका पर्सनल बडिगार्ड भने उतैबाट आउने छन् । जेठ १४ गते दशरथ रंगशालामा हुने ‘दबंग टुर रिलोडेड’ का लागि सलमान नेपाल आउने लागेका हुन् ।