विशेष

बाँके म्यादी प्रहरीको अन्तिम नतिजा सार्वजनिक

अनलाइन नेपालगंज

बिहीबार, २४ चैत्र २०७८

बाँके । जिल्ला प्रहरी कार्यालय बाँकेले आगमी बैशाख ३० मा हुने स्थानीय तह निर्वाचनका लागि म्यादी प्रहरीको अन्तिम नतिजा सार्वजनिक गरेको छ ।

निर्वाचनका लागि म्यादी प्रहरी बाँकेमा दरखस्त दिएका उम्मदेवारहरुको विभिन्न मितिमा लिइएको परिक्षामा सहभागि भएका उम्मेदवार मध्य योग्यताक्रम अनुसार मुख्य तथा बैकाल्पिक सुचीमा रहेका उम्मेदवारहरुको अन्तिम नतिजा प्रकाशन गरिएको हो ।

साथै अन्तिम नतिजामा उर्तिण भइ नियुक्तिका लागि सिफारिस भएका मुख्य उम्मेदवारहरुले प्रवेश पत्र र सक्कलै नेपाली नागरिकताको प्रमाण पत्र सहित यही २७ गते जिल्ला प्रहरी कार्यालयमा उपस्थित हुन जनाएको छ ।