मुख्य खबर

जनयुद्धका शहिदका नाममा नगर र वडा केन्द्र जोड्ने नेटवर्क सडक, बारबर्दियामा अहिले १ सय ४ जना सिकलसेलका रोगी

अनलाइन नेपालगंज

शनिबार, २४ फाल्गुन २०७६

-प्रेम विश्वकर्मा, नेपालगंज

बर्दियाको बारबर्दिया नगरपालिकाले नगर र वडा केन्द्रलाई जोड्ने ७ वटा नेटवर्क सडकको नामाकरण जनयुद्धका शहिदको नामबाट गरेको छ । सबै सडकको स्तरउन्नती पछि अब कालोपत्रे (पीच) गर्ने तयारी गरिएको हो ।

सडकका नाम यस्ता छन । हेर्नुहोस ।

१. सगुन मार्ग
२.भीम मार्ग
३. राम प्रसाद मार्ग
४.मोहन मार्ग
५. रुपलाल मार्ग
६. विष्णु मार्ग

नगरका गौरवका योजना अन्र्तगतका सडक मात्र नभई भित्री स्थानिय सडकहरु पनि स्तरउन्नती र ग्राबेल बिछउने कार्य भइरहेको नगरप्रमुख कबिरले बताउनुभयो ।

‘कृषि उद्योग पर्यटनमा वृद्धि, बारबर्दिया नगरको समृद्धि’ भन्ने मुख्य नाराका साथ नगरले बार्षिक योजना बनाई रहेको उहाँको भनाई छ ।

बार्षिक योजना, ५ प्राथामिकता क्षेत्र

१. भौतिक पूर्वाधार
२. शिक्षा
३. स्वास्थ्य
४.कृषि
५. पर्यटन

११ वटा वडा रहेको बारबर्दियामा अहिले १ सय ४ जना सिकलसेलका रोगी रहेका छन ।

१ हजार ६ सय जना जोखिममा छन । नगरपालिकामा रहेका १ देखी २९ बर्ष उमेर समूहका सम्पुर्ण थारुहरुको रक्त परिक्षण गरी यसबारे आवाश्यक पूर्व सावधानी अपनाउनका लागी परामर्श दिन थालिएको नगरप्रमुख कबिरले जानकारी दिनुभयो ।

सिकलसेलका रोगीहरुको उपचार नगर अस्पतालबाटै गर्ने गरी काम शुरु भएको छ । यस्तै कक्षा ९ र १० मा स्थानिय पाठ्यक्रममै समावेश गरी सिकलसेलबारेमा पढाउन थालीएको छ । उसो त बारबर्दिया देशकै पहिलो अनिवार्य आधारभुत शिक्षा सुनिश्चित भएको नगरपालिका पनि हो ।

यसैगरी नगरका किसानहरुलाई उत्पादनमा आधारित अनुदान दिने र नमुना कृषि फार्म संञ्चालनका लागी यसै आर्थिक बर्ष देखी काम शुरु गरिदै छ ।

आफनो दुई बर्षे उपलब्धी सार्वजनिक गर्ने क्रममा नगर प्रमुख कबिरले प्रकृति र संस्कृतिले सिंगारिएको नगरपालिका भएकोले सत्खलुवा लगायतका पर्यटकिय गन्तब्यहरुको बिकास गर्ने रणनितिक कार्यक्रमहरु अगाडि सारिएको बताउनुभयो ।

यस्तै नगर उपप्रमुख अन्जु दहितले विभिन्न दबाबका बीच न्याय दिने सवालमा न्यायिक समितिले कुनै कमजोरी नगरेको जानकारी दिनुभयो ।

उहाँले अनुगमन, निरिक्षणको कामलाई पनि प्रभावकारी रुपमा अगाडि बढाईरहेको भन्दै न्यायिक समितिले गरेका राम्रा कामको बारेमा पत्रकार, संञ्चार माध्यमले स्थान नदिएकोमा गुनासो पनि गर्नुभयो ।