राजनिति

प्रेस संगठन नेपालमा आबद्ध पत्रकारको सपथ

अनलाइन नेपालगंज

बुधबार, २१ फाल्गुन २०७६

बाँके, बर्दियाका प्रेस संगठन नेपाल जिल्ला समितिमा भएका पदाधिकारीहरुको सपथ ग्रहण गराईएको छ । प्रेस संगठनका नेता, नेपाल कम्युनिष्ट पाटी (नेकपा) का नेताहरुको उपस्थितीमा सपथ ग्रहण गराईएको हो ।

प्रेस संगठन नेपाल बाँकेमा आबद्ध पत्रकारहरुको सपथ ग्रहण समारोह आज राप्तीसोनारी गाउँपालिकाको अगैया र प्रेस संगठन नेपाल बर्दियामा आवद्ध पत्रकारहरुको सपथ ग्रहण समारोह हिजो (मंगलबार) बर्दियाको बारबर्दिया नगरपालिका स्थित सत्खलुवा तालमा राखिएको थियो ।

साथै बाँकेको प्रथम जिल्ला भेला पनि हो भने बर्दियाले पाटी एकता घोषण लग्तै बर्दियाको ठाकुरद्धारा स्थित डल्ला होमस्टेमा यसअघि नै प्रथम भेला सम्पन्न गरिसकेको थियो ।