अर्थ/बजार

गुलरियामा नयाँ शिरा बहुउद्देश्यीय सहकारी, ‘एक सेयर सदस्य, एक उद्यमी’ बनाउने नीति

अनलाइन नेपालगंज

शुक्रबार, २ फाल्गुन २०७६

बर्दियाको गुलरियामा नयाँ शिरा बहुउद्देश्यीय सहकारी संस्था लिमीटेड संञ्चालनमा आएको छ । सहकारी कार्यालयको प्रदेश नम्बर ५ का सांसद तिलकराम शर्मा (हिमाल) ले आज औपचारिक रुपमा उद्दघाटन गर्नुभएको हो ।

सहकारीको उद्दघाटन गर्दै सांसद हिमालले न्युन आयस्तर भएका नागरिकहरुको जिवन उकास्न यसले सहयोग गर्ने विश्वास ब्यक्त गर्नुभयो । नयाँ शिरा सहकारीमा अहिले ६५ जना सेयर सदस्य छन । भने १७ सदस्य सञ्चालक समिति बनाइएको छ ।

‘एक सेयर सदस्य, एक उद्यमी’ बनाउने मुख्य उद्देश्य, नीतिका साथ नयाँ शिरा बहुउद्देश्यीय सहकारी संस्था लिमीटेडको स्थापना गरिएको अध्यक्ष गेहेन्द्र ढकालले बताउनुभयो ।

अहिले यसको कार्यक्षेत्रमा गुलरिया नगरपालिका अन्र्तगत रहेका १२ वटा वडाहरु समावेश छन । सञ्चालक समितिको उपाध्यक्षमा टिका शम्शेली, सचिव राज कुमार मैनाली र कोषाध्यक्ष कल्पना नेपाल रहनुभएको छ ।