खेलकुद

गुलरियामा अन्तर विद्यालय नगर स्तरिय दोस्रो राष्ट्रपति एवं प्रथम मेयरकप खेलकुद प्रतियोगिता शुरु

अनलाइन नेपालगंज

मंगलवार, २८ माघ २०७६

बर्दियाको गुलरियामा आजदेखी अन्तर विद्यालय नगर स्तरिय दोस्रो राष्ट्रपति एवं प्रथम मेयरकप खेलकुद प्रतियोगिता २०७६ शुरु भएको छ ।

प्रतियोगिताको गुलरिया नगरपालिकाका नगरप्रमुख मुक्तिनाथ यादवले उद्दघाटन गर्नुभएको हो ।

५३ वटा विद्यालयको सहभागीता रहेको यो प्रतियोगिता आगामी फागुन ३ गते सम्म संञ्चालन हुनेछ ।

भने नगरभित्र रहेका सामुदायिक सरकारी सबै (प्रावि) समेत र संस्थागत विद्यालयका गरी ३ हजार ८६ जना खेलाडिहरुको सहभागीता छ ।

‘खेलकुदको विकास र संरक्षण : हाम्रो प्रतिबद्धता, हाम्रो अभियान ’ भन्ने मुल नाराका साथ शुरु भएको प्रतियोगिताका लागी १९ लाख रुपैयाँ बजेट बिनियोजन गरिएको छ ।

प्रतियोगीताका बारेमा सोमबार गुलरिया नगरपालिकाको कार्यालयमा पत्रकार सम्मेलन गरी विस्तृत जानकारी पनि गराएको थियो ।