अन्य

ढल नाला सहितको सडक निर्माण कार्यमा जनप्रतिनिधिको असहयोग, बालापुर गाउँमा सोबिन्द्र बहादुर चौधरीले रातरात सारे किल्ला

अनलाइन नेपालगंज

बुधबार, १५ माघ २०७६

बर्दियाको गुलरिया नगरपालिका वडा नम्बर ५ बालापुर गाउँमा सोविन्द्र बहादुर चौधरीले ढल नाला सहितको सडक निर्माण कार्यमा अवरोध सिर्जना गरेपछि निर्माण कार्य रोकिएको छ ।

जसले गर्दा स्थानियलाई अहिले आउजाउमा समस्या भईरहेको छ । सडक निर्माण कार्यमा भएको ढिलाइले स्थानियहरु पानी परे हिलो र घाम लागे धुलोबाट आजित बनिरहेका छन । सोविन्द्र गुलरिया नगरपालिका वडा नम्बर ५ का स्थानिय जननिर्वाचित वडा सदस्य पनि हुनुहुन्छ ।

दिउँसो सरोकारवाला निकाय सगँ एक प्रकारको सहमति जनाउने र आफनो घर बचाउनकै लागी रातारात फेरी किल्ला सार्ने गरेको स्थानियको आरोप छ । शघन सहरी विकास आयोजना अन्र्तगत बनीरहेको सडक मापदण्ड अनुसार बालापुर गाउँमा ९/९ मिटर (दायाँबायाँ) छोड्ने भनिएको छ ।तर जनप्रतिनिधि समेत रहनुभएका सोबिन्द्र बहादुर चौधरी सहितका केही ब्यक्तिहरुले मापदण्डलाई कार्यन्वयन गर्न अटेर गरेको निर्माण पक्षधरहरुको भनाई छ ।

 

यसैगरी गुलरिया स्थित रेडक्रस जोड्ने सडक ४/४ मिटर र थप १ मिटर गरी ९ मिटर, बंगलामुखी चोक देखी यमलाल चोक जोड्ने सडक ९/९ मिटर, गुन्जा मेडिकल देखी गुप्ता जनरल स्टोर ४.५/४.५ मिटर छोड्ने गरी सडक मापदण्ड तोकिएको छ ।

तर यहाँ पनि भौतिक संरचना छिटो हटाई ढल नाला सहितको सडक निर्माण कार्यमा जनप्रतिनिधिहरुले असहयोग गरेका छन ।

 

यो पनि हेर्नुहोस।

-विभिन्न भौतिक निर्माण कार्यको प्रगति ७० प्रतिशत  https://onlinenepalgunj.com/2020/01/29/8664