मुख्य खबर

प्रहरी सहायक निरीक्षक बिकले लिए ३ जना बालबालिकाको अभिभावकत्व

अनलाइन नेपालगंज

शनिबार, ११ माघ २०७६

प्रहरी सहायक निरीक्षक कुल बहादुर बिकले ३ जना बालबालिकाको अभिभावकत्व लिनुभएको छ । प्रहरी चौकी बेलभार बाँकेका प्रमुख समेत रहनुभएका उहाँले स्थानिय दलित तथा विपन्न वर्गका बालबालिकाहरुको अभिभावकत्व लिनुभएको हो ।

जानकी गाउँपालिका वडा नम्बर २ (बेलभार) मा रहेको श्री जनता राष्ट्रिय प्राथमिक विद्यालयमा पढ्दै गरेका बालबालिकाले बीचमा नै पढाइ छोडेको भन्ने जानकारी पाएपछि उहाँले सहयोग गर्ने सोच बनाउनुभएको थियो ।

४ कक्षामा पढ्ने नन्दनी बाल्मिकी, २ कक्षामा पढ्ने तृष्णा बाल्मिकी र १ कक्षामा पढ्ने कुनाल बाल्मिकीलाई आज (शनिबार) एक समारोहका बीच विद्यालय पोशाक प्रदान गरिएको छ ।

प्रहरी सहायक निरीक्षक कुल बहादुर बिकले अब यि तीनै जना बालबालिकाको नियमित रेखदेख गर्ने पनि बताउनुभएको छ ।

प्रहरी चौकी बेलभारमा पुगे सगैं उहाँले स्थानिय शान्ति सुरक्षा कायम राख्ने सवाल सगैं शैक्षिक सुधारका लागी विद्यालय वरपर सुर्ति जन्य पदार्थ, धुम्रपान, लागुऔषध तथा मदिराजन्य पदार्थको उत्पादन तथा विक्री वितरण कार्यमा कडाइ गरिएको पनि जानकारी दिनुभयो ।

शैक्षिक सामाग्रीको अभावमा आफना बालबालिकालाई विद्यालय पठाउन नसकेको बताउने अभिभावक प्रहरी सहायक निरीक्षकको साथ पाए पछि खुसी हुदै अब भने बालबालिकालाई विद्यालय पठाउने निर्णायमा पुगेका छन ।

शैक्षिक सामाग्री हस्तारण कार्यक्रममा जानकी गाउँपालिका वडा नम्बर २ का वडा अध्यक्ष चन्द्रीका प्रसाद गुप्ता, कार्यालय पालिका सदस्य तथा सामाजिक विकास संयोजक टिकाराम सुनार, वडा सदस्य जयराम काँदु, जानकी गाउँपालिका शिक्षा महासंघका अध्यक्ष द्रोण बहादुर थापा पनि सहभागी रहनुभएको थियो ।

वडा अध्यक्ष चन्द्रीका प्रसाद गुप्ताले प्रहरी सहायक निरीक्षकले गर्नुभएको सहयोग प्रति धन्यबाद दिर्दै विद्यालय बाहिर रहेका बालबालिकालाई विद्यालय सम्म पु¥याउन प्रहरी सँग मिलेर अभियान चलाउने योजना रहेको बताउनुभयो ।

कतिपय अभिभावकले अहिले पनि आफना बालबालिकालाई पुरानो सोच विचारकै कारण विद्यालय पठाउदैन्न । मधेसी र मुस्लिम समुदायको बाहुल्यता रहेको त्यहाँ गरिबी, आर्थिक समस्या भन्दा पनि ब्यवहारिक सोचको कमी छ ।