विशेष

शिक्षकले आफनो कला र गला बेच्न सके, गुणस्तरिय शिक्षा

अनलाइन नेपालगंज

आईतवार, २० पुष २०७६

जाजरकोटको शिवालय गाउँपालिका वडा नम्बर १ का वडा अध्यक्ष मान बहादुर पुनले गुणस्तरिय शिक्षाका लागी शिक्षकले आफनो कला र गला बेच्न सक्नु पर्ने बताउनुभएको छ ।

सोही वडामा रहेको नेपाल राष्ट्रिय माध्यमिक विद्यालय ब्यवस्थापन समिति अध्यक्ष समेत रहनुभएका उहाँले भन्नुभयो, ‘सबैको सहयोगले नेरामाबिमा गुणस्तरिता शिक्षा कायम गरी, सबैले अवलोकन गर्न योग्य बनाउन सकिन्छ ।’

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) जाजरकोटले आज आयोजना गरेको ‘शिक्षाको अधिकार सम्बन्धी शिक्षक, विद्यार्थी र अभिभावकहरु बीचको अन्र्तक्रिया कार्यक्रम’ मा सहभागी अन्य अतिथिहरुले शिक्षक, विद्यार्थी, अभिभावकहरुको प्रगाढ सम्बन्ध कायम बनाइ राख्न अनिवार्य आचार संहिता पालन गर्नुपर्नेमा जोड दिएका छन ।

बाल अधिकार चेतना समूहका अध्यक्ष यलिसा सिंहको अध्यक्षतामा भएको अन्र्तक्रियामा नेरामाबिका प्राचार्य चन्द्र बहादुर पुन, शिक्षक अभिभावक संघका सदस्य मोहन पुन लगायत ३५ जना विद्यालय सँग संम्बन्धित ब्यक्तित्वहरुको सहभागीता रहेको थियो ।

यो कार्यक्रम इन्सेक जाजरकोटको इएलपी कार्यक्रम अन्र्तगत राखिएको इन्सेकका जिल्ला सहजकर्ता प्रसाद नेपालीले जानकारी दिनुभयो । इएलपीले स्थानिय समुदायलाई सचेत पारर्दै, जिम्मेवार निकायलाई जवाफदेही बनाउन पहल गर्दछ ।