अर्थ/बजार

घुम्न जाउँ बर्दिया कार्यक्रमको उद्दघाटन पौष १६ गते, तयारी पुरा,  ३ सय पत्रकारको जमघट पनि ठाकुरद्धारामै

अनलाइन नेपालगंज

सोमबार, १४ पुष २०७६

-भीम उचै ठकुरी, बर्दिया

नेपाल भ्रमण बर्ष २०२० तथा घुम्न जाउँ बर्दिया कार्यक्रमलाई सफल बनाउन थालिएको तयारी लगभग पुरा भएको छ ।

जिल्ला समन्वय समिति बर्दियाका संयोजक एवंम जिल्ला स्तरिय पर्यटन प्रवद्र्धन समितिका संयोजक शंकर प्रसाद थारुले भन्नुभयो, ‘हामी सबै यसैमा लागेका छौं । अन्तिम तयारी चलिरहेको छ । ठाकुरद्धारा स्थित मन्दिर परिसरको खुल्ला मैदानमा कार्यक्रम हुन्छ । समय बिहान ११ बजे भनेको छौं ।’

नेपाल भ्रमण बर्ष २०२० तथा घुम्न जाउँ बर्दिया कार्यक्रमको उद्दघाटन यही पौष १६ गते प्रदेश नम्बर पाँचका मुख्यमन्त्री शंकर पोखरेल सहित अन्य विशिष्ट ब्यक्तित्वहरुको उपस्थितीमा गरिनेछ ।

संयोजक शंकर प्रसाद थारुले मुख्यमन्त्री लगायतका विशिष्ट ब्यक्तित्वहरुलाई बर्दिया राष्ट्रिय निकुञ्ज, कृष्णार संरक्षण क्षेत्र, बढैयाताल, सत्खलुवा लगायतका होमस्टेहरुको अवलोकन समयले साथ दिएसम्म गराउने जानकारी दिनुभयो ।

बर्दियाको चर्चित पर्यटकिय क्षेत्र ठाकुरद्धारामा आयोजना गरिएको कार्यक्रमका लागी संघ, प्रदेशका सांसद तथा मन्त्रि, राजनितिक दल, स्थानिय सरकार, पर्यटन ब्यवासायि, समाजसेवीबुद्धिजिवी वर्ग सबैलाई आमन्त्रण गरिएको छ ।

यसैगरी नेपाल पत्रकार महासंघ प्रदेश ५ समितिको प्रथम साधारण सभा पनि ठाकुरद्धारामा नै राखीएको छ । साधारण सभाको उद्दघाटन पनि मुख्यमन्त्री शंकर पोखरेलले गर्नुहुनेछ ।

समय दिउँसो ३ बजे पौष १६ गते नै राखिएको अध्यक्ष मौसम रोकाले जानकारी दिनुभयो । उहाँका अनुसार साधारण सभामा महासंघका केन्द्रिय अध्यक्ष गोविन्द आचार्य लगायतका पदाधिकारी सहित प्रदेश ५ का १२ जिल्ला समेत गरी करिब ३ सय जना पत्रकारहरु सहभागी हुनेछन ।

जस अनुसार बन्द सत्र सहित पौष १७ गते कार्यक्रम सकिने छ । ‘विकास, समृद्धि र पर्यटनका लागी संञ्चार : प्रदेश ५ को समृद्धिको आधार’ भन्ने नाराका साथ प्रथम साधारण सभा आयोजना गरिदै छ ।

-ढुक्कुर, अरु धेरै चराचुरुगींको समधुर आवाज सगैं हेरौं बर्दियाको ठाकुरद्धारामा रहेको प्रसिद्ध मन्दिर …

https://www.youtube.com/watch?v=YGYE23dw8JA&t=77s