अन्य

विपन्न वर्गका विद्यार्थीलाई न्यानो कपडा

अनलाइन नेपालगंज

शुक्रबार, ११ पुष २०७६

ख्रीष्टमस डे तथा नयाँ बर्ष सन २०२० का अवसरमा ग्रेस साइन चर्चले १० जना विपन्न वर्गका विद्यार्थीलाई न्यानो कपडा दिएको छ ।

बाँकेको नेपालगंज उपमहानगरपालिका वडा नम्बर १ चन्दननाथ टोलमा बुधबार आयोजित एक कार्यक्रममा नेपाल राष्ट्रिय प्राथमिक विद्यालयमा अध्ययन ति विद्यार्थीलाई न्यानो कपडा दिईएको चर्चका पाष्टर शेर बहादुर बोहराले जानकारी दिनुभयो ।

चर्चका विश्वासीहरु गिता विष्ट, किशोर सुबेदी र गोपाल बर्माले न्यानो कपडा उपलब्ध गराउन साहयता गर्नुभएको हो ।

ख्रीष्टमस डे तथा नयाँ बर्ष सन २०२० का अवसरमा ग्रेस साइन चर्चले संगति प्रार्थना, शुभकामना आदान सगैं सांस्कृतिक कार्यक्रम पनि सम्पन्न गरेको जनाएको छ ।