विशेष

प्रहरी नायब निरीक्षक हेमन्त केसी घुस रकम सहित पक्राउ

अनलाइन नेपालगंज

आईतवार, २२ मंसिर २०७६

प्रहरी नायब निरीक्षक हेमन्त केसी ७ हजार रुपैयाँ घुस रकम सहित पक्राउ परेका छन ।

इलाका प्रहरी कार्यालय तुलसीपुर दाङमा कार्यरत उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवल, सम्र्पक कार्यालय नेपालगंजको टोलिले आज पक्राउ गरेको हो ।

सार्वजनिक मुद्धा चलेको ब्यक्तिलाई छुटाईदिए बापत सेवाग्राही सँग घुस रकम माग्ने गरेको भन्ने सूचना एवंम उजुरीका आधारमा उनलाई पक्राउ गरिएको हो ।

प्रहरी नायब निरीक्षक हेमन्त केसी घोराही उपमहानगरपालिका वडा नम्बर १५ बाट पक्राउ परेको जारी प्रेस बिज्ञप्तीमा जनाईएको छ ।