अन्य

ठगी गर्ने पक्राउ

अनलाइन नेपालगंज

बुधबार, २७ कार्तिक २०७६

नेटवर्किङ्ग ब्यवसायको नाममा ठगी गर्ने २ जना बर्दियाको राजापुर नगरपालिका वडा नम्बर ३ बाट पक्राउ परेका छन ।

कार्तिक २५ गते पक्राउ परेका ब्यक्तिहरु ओआर आइ इएन एस गोलोबल मार्केटिङ्ग प्रा.ली. नामक बहुराष्ट्रिय कम्पनीमा आवाद्ध रहेको खुलेको छ ।

इलाका प्रहरी कार्यालय राजापुरबाट खटी गएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ परेका ब्यक्तिहरु राजापुर नगरपालिका वडा नम्बर ३ टेडिया गाउँका २४ बर्षिया सिता थारु र सोही वडाको चक्खापुर गाउँका ३५ बर्षिय अर्जुन थारु रहेको जिल्ला प्रहरी कार्यालय गुलरिया बर्दियाका प्रहरी निरिक्षक लक्ष्मण ओली जानकारी दिनुभयो ।