मुख्य खबर

कहिले बन्ला नेपाल पत्रकार महासंघ बर्दियाको भवन, आगामी नेतृत्वको पनि चर्चा

अनलाइन नेपालगंज

शुक्रबार, ८ कार्तिक २०७६

प्रेम विश्वकर्मा, बर्दिया

कहिले बन्ला नेपाल पत्रकार महासंघ बर्दियाको भवन । यो जिज्ञासा धेरैको हुन सक्छ । कतिले भवनका नाममा कमाए भने पनि होलान । महासंघका पदाधिकारीहरु बीचको समन्वय प्रभावकारी छैन । जसको फाइदा अन्य पक्षले लिईरहेको छ ।

आफनै भवन नहुँदा भोग्नु परेका समस्यालाई मध्येनजर गर्दै २०७२ सालमा महासंघका पूर्व अध्यक्ष मिन राज शर्माको कार्यकालमा ठोस पहल गरियो । जस अनुसार महासंघका सदस्य समेत रहनुभएका सुभाष कुमार पोख्रेरेलले आफनो आमा इन्द्रिरा देवी पोख्रेलको नाममा १२ धुर जग्गा महासंघलाई प्रदान गर्नुभयो ।

गुलरिया गाउँ हुदै कट्टी खैरापुर जाने बाटोमा पर्ने यो जग्गा गुलरिया नगरपालिका वडा नम्बर ७ बदलुपुरमा पर्दछ । ३ कोठा १ हल सहितको एक तले भवनमा हाल सम्म साढे १३ लाख रुपैयाँ जति रकम खर्च भइसकेको छ ।

भवन निर्माण समितिका संयोजक राकेश बस्याल भन्नुहुन्छ, ‘स्रोतहरु छैन, आर्थिक स्रोत जुटाउन महासंघबाट पनि प्रभावकारी पहल भएन, चालु आर्थिक बर्ष भित्रमा निर्माण कार्य पुरा हुन्छ नै भन्न सकिन्न । ढलान सम्म हुन सक्छ ।’ नेपाल पत्रकार महासंघ बर्दियामा ७२ जना जति महासंघका सदस्य छन ।

विवादै–विवादले गर्दा क्रियाशिल नयाँ संञ्चारकर्मी, पत्रकारले हाल सम्म सदस्यता पाउन सकेका छैन्न । जग्गा र भवन निर्माणको बिषयलाई लिएर हाल भवन बनीरहेको ठाउँ पत्रकार महासंघका लागी उपयुक्त भएन भन्ने एक पक्षधर छ ।

केही असहमतिका बीच पनि पूर्व अध्यक्ष मिन राज शर्माको कार्यलाई निरन्तरता वर्तमान अध्यक्ष राजेन्द्र प्रसाद धिताल दिनुभयो । र भवन निर्माणको कार्य शुरु गरियो । वर्तमान अध्यक्ष धितालको ३ बर्षे कार्यकाल पनि अबको केही महिना भित्रमा सकिदै छ ।

उहाँ भन्नुहुन्छ, ‘भवन निर्माणको काम मेरो कार्यकालमै सम्पन्न हुन्छ, अब आउने अधिवेसन र साधारण सभा यही नयाँ भवनमा हुन्छ, कुनै बिग्न बाधा आएन भने ।’ वडा नम्बर ७ बदलुपुरमा नेपाल पत्रकार महासंघ बर्दियाको भवन बन्ने भएपछि त्यहाँ नाम नै संञ्चारग्राम कायम गरिनु पर्ने महासंघले प्रस्ताव राखेको थियो ।

करिब एक बर्ष अघि भएको महासंघकै साधारण सभालाई सम्बोधन गर्ने क्रममा गुलरिया नगरपालिकाका नगरप्रमुख मुक्ति नाथ यादवले नामाकरणको बिषय नगरपालिकाको बैठकमा पेश गर्ने प्रतिबद्धता जनाउनुभएको थियो । तर अहिले सम्म पेश नभएको स्रोतको भनाई छ ।

यद्धपी नगरपालिकाले भवन निर्माणको कार्यमा भने सहयोग गरिरहेको छ । गुलरिया नगरपालिका सहित केही वडा बाहेक अन्यत्र कतैबाट ब्यक्तिगत अथवा संस्थागत रुपमा सहयोग नलिएको महासंघले जनाएको छ ।

कति बजेट कहाँबाट आयो ?

आर्थिक बर्ष २०७४-०७५
– गुलरिया नगरपालिकाबाट : २ लाख रुपैयाँ ।
– वडा नम्बर ५ बाट : १ लाख रुपैयाँ ।
– वडा नम्बर ६ बाट : १ लाख रुपैयाँ ।
– वडा नम्बर ७ बाट : ४ लाख रुपैयाँ ।
– वडा नम्बर १० बाट : ५० हजार रुपैयाँ ।

आर्थिक बर्ष २०७५-०७६

– गुलरिया नगरपालिका बाट : ५ लाख रुपैयाँ ।

कति बजेट कहाँबाट आउदै छ ?
आर्थिक बर्ष २०७६-०७७ मा
– वडा नम्बर ७ बाट : ३ लाख रुपैयाँ ।
– गुलरिया नगरपालिकाबाट ५ लाख रुपैयाँ ।

नेपाल पत्रकार महासंघ केन्द्रिय कार्यालय र नेपाल सरकार
– १० लाख रुपैयाँ ।

आगामी नेतृत्वको चर्चा

वर्तमान अध्यक्ष राजेन्द्र प्रसाद धिताल नेतृत्वमा रहेको पदाधिकारीको समयावधि सकिदै गर्दा नयाँ नेतृत्वको चर्चा पनि शुरु हुन थालेको छ । यस पटक अध्यक्ष सहित केही पदहरुमा नयाँ अनुहार सहितको नेतृत्व आउने संकेत देखिएको छ ।

एक कार्यकाल पहिले पनि कार्यसमितिमा रही अनुभव लिइसकेका केही पूर्व पदाधिकारी र वर्तमान कार्यसमिति भित्रैका पदाधिकारीले पनि अबको नेतृत्व आफुले पाउनु पर्ने दाबी गरिरहेको स्रोतको भनाई छ ।

धिताल नेतृत्वमा रहेका पदाधिकारीलाई त्यतिबेला नेपाल प्रेस युनियन र तत्कालिन समयको प्रेस सेन्टर नेपालले समर्थन जनाएको थियो । भने प्रेस चौतरी नेपालले बहिष्कार नै गरेको थियो ।

नेपाल प्रेस युनियन निकट रहनुभएका महासंघका पूर्व सचिव कृष्ण भण्डारी सहित केही पत्रकारले भने राजेन्द्र प्रसाद धिताल नेतृत्वको टिमलाई अस्विकार गर्दै पत्रकार महासंघ बर्दियाको अध्यक्ष कृष्ण भण्डारी भनी दाबी गर्दै आएका थिए । तर यो बिषय अहिले सेलाइ सकेको छ ।

नेतृत्वमा आउने ब्यक्तिहरु बीच आपसी असमझदारी हुदाँ जिल्लामा महासंघले खेल्नु पर्ने भुमिका प्रभावकारी बन्न नसकेको भन्दै विगत र वर्तमान समयका नेतृत्वमै पनि गुनासो आईरहेका छन ।

–क्रमश ……

भिडियो हेर्न यहाँ जानुहोस ।

https://www.youtube.com/watch?v=nbRNXPwCPgA&feature=youtu.be