फिचर

गाउँ, शहरमा खुसीयाली, पुग्दै लाइफ नेट प्रा.ली.

अनलाइन नेपालगंज

बुधबार, १५ आश्विन २०७६

दुर्गम क्षेत्रका गाउँँ, शहरलाई जोड्ने योजनाका साथ लाइफ नेट प्रा.ली.ले आफनो सेवा शुरु गरेको छ । यो इन्टरनेट सेवा प्रदान गर्ने कम्पनी हो ।

कर्णाली प्रदेशको राजधानी सुर्खेत विरेन्द्रनगर ६ मा लाइफ नेट प्रा.ली.को केन्द्रिय कार्यालय रहेको छ ।

सम्र्पक कार्यालयको रुपमा प्रदेश नम्बर ५ अन्र्तगत पर्ने छेउको जिल्ला बर्दियाको मधुवन नगरपालिका कुशुम्बा बजारबाट औपचारिक उद्दघाटन गरी सेवा शुरु गरिएको अध्यक्ष भरत चन्दले बताउनुभयो ।

यसमा २० जना नेपाली ब्यक्तिहरुको लगानी रहेको जनाईएको छ । हाल सम्म साढे २ करोड रुपैयाँ जति लगानी भईसकेको उहाँको भनाई छ ।

सानोश्री, ताराताल पछि ढोढरी, भुरीगाउँबाट सेवा दिइने छ । त्यसपछि सुर्खेत र दैलेख जिल्ला मध्ये एउटा जिल्लामा कार्तिक, मंसिर सम्म सेवा शुरु हुनेछ ।

त्यसपछि लग्तै सुदुरपश्चिम प्रदेशको दार्चुला, बझाङ, बाजुरा, बैतडि, अछाम, डडेल्धुरा, डोटी लगायतका दुर्गम र विकट ठाउँ सम्म इन्टरनेट सेवा पु¥याईने प्राविधिक प्रमुख विशिष्ट भट्टले जानकारी दिनुभयो । लाइफ नेट प्रा.ली. सँग अहिले १ लाख वटा डिभाइस तिब्र गतिमा चलाउन सक्ने क्षमता रहेको छ ।

विद्युतको पहुँच नपुगेको गाउँ, शहर, घरहरुमा सोलार र हावाबाट विद्युत निकाली इन्टरनेट सेवा उपलब्ध गराउने योजना पनि रहेको छ ।

आम नागरिकहरुलाई तिब्र गतिको इन्टरनेट सेवा सहज रुपमा उपलब्ध गराई सूचनामा पहुँच अभिवृद्धि गर्ने आफनो मुख्य लक्ष्य रहेको  लाइफ नेट प्रा.ली.ले जनाएको छ । यसले पकेट वाइफाइ हटस्पट सेवा पनि उपलब्ध गराउने छ ।

 

-भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस ।

https://www.youtube.com/watch?v=rwtXAl-Uxyw&feature=youtu.be

 

-साभार : रेडियो मर्निङ स्टार ९० मेगाहर्ज, नेपालगंज