मनोरञ्जन

सन्तोष सेनको मेघा बजेट फिल्म “प्रेम गीत ३” मा प्रदीप खड्काको यस्तो तयारी फोटो..

अनलाइन नेपालगंज

सोमबार, ३० भाद्र २०७६

  अहिले प्रदीप खड्का आफूलाई ‘स्टार’ बनाएको सिरिज ‘प्रेमगीत’ को तेस्रो श्रृंखलाको तयारीमा छन् । फिल्मको छायांकन तिहारपछी सुरु हुँदैछ । सन्तोष सेनको मेघा बजेट यो चलचित्र आउँदो चैत २८ मा देशव्यापी प्रदर्शनमा आउँदैछ । फिल्ममा उनी तेस्रो पटक ‘प्रेम’ को भूमिकामा देखिँदैछन् । यो फिल्ममा उनको जोडी नव-अभिनेत्री क्रिस्टिना गुरुङसँग बाँधिएको छ । यस फिल्मको निर्देशन सन्तोष सेन र छेतेन गुरुङले मिलेर गर्दैछन् । 

 खस्किएको स्टारडमलाई ‘प्रेमगीत ३’ ले उत्कर्षमा पुर्‍याउने विश्वासमा आम् दर्शक संगै  प्रदीप केही महिनायता बिभिन्न तयारी देखी सुगठीत सरिर बनाउन जिममा पसिना बगाइरहेका छन् । एकादेशको पुरानो प्रेमकथामा आधारित भएर निर्माण हुन लागेका कारण उनी यो फिल्ममा एक्सन अवतारमा देखिँदैछन् । यसका लागि उनले अहिले हर्स राइडिङ, एक्सन ट्रेनिङ र शरीर आकर्षक बनाउन जिममा दैनिक घन्टौं समय बेथित गर्ने गरेका छन् । फिल्ममा उनले एक योद्धा राजकुमारको भूमिका निभाउँदैछन् । 

बेला बेला जिममा कसरत गरिरहेको केही तस्वीर आफ्नो आधिकारिक फेसबुक पेजमा साझेदार गरेपछि अहिले यी चकलेटी हिरो चर्चामा छन् । तस्वीरमा उनको गठिलो शरीर देख्न सकिन्छ । सानो कद् का प्रेम ‘प्रेमगीत ३’ का लागि आफ्नो शरीरलाई निकै बढाएका छन् । यो तस्वीर अहिले सामाजिक सञ्जालमा निकै भाइरल भएको छ । फिल्मकर्मी र दर्शकले उनले फिल्मका लागि गरेको मेहनतको निकै प्रशंसा गरेका छन् । उनको यो तस्वीरपछि फिल्मलाई लिएर दर्शकमा उत्सुकता पनि बढेको छ । प्रदीप ‘प्रेमगीत ३’ लाई लिएर आफू निकै उत्साहित रहेको बताउँछन् । ‘प्रेमगीत’ को अघिल्ला दुई सिरिजमा उनी चुलबुले र रुन्चे भूमिकामा देखिएका थिए । यसपटक आफ्नो भूमिका दर्शकलाई फरक लाग्ने उनको भनाई छ । फिल्ममा उनको बाल्यकालको भूमिका अनुभव रेग्मीले निभाउँदैछन् । भने, पिताको भूमिकामा अभिनेता शिव श्रेष्ठ रहेका छन् ।