विशेष

बाँसगढी सव डिभिजन वन कार्यालयमा कार्यरत सहायक वन अधिकृत १० हजार रुपैयाँ घुस सहित पक्राउ

अनलाइन नेपालगंज

शुक्रबार, ६ भाद्र २०७६

सहायक वन अधिकृत अनिल कुमार गुप्ता १० हजार रुपैयाँ घुस रकम सहित पक्राउ परेका छन ।

बर्दियाको बाँसगढी सव डिभिजन वन कार्यालयमा कार्यरत गुप्ताले उपभोक्क्ता समितिको काठ मिलमा चिरान सिफारिस गरे बापत सेवाग्राहीसँग घुस लिएका हुन ।

त्यही उजुरीका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवल, सम्र्पक कार्यालय नेपालगंजबाट खटि गएको टोलीले बाँसगढी ७ देउडाकलाबाट नियन्त्रणमा लिएको हो ।