मनोरञ्जन

USA मा सहजीकरण को लागी आसुसेन फिल्मस्..

अनलाइन नेपालगंज

बिहीबार, २ श्रावण २०७६

नेपाली चलचित्र क्षेत्र को उत्थान र बिकास को निम्ती कुनै न कुनै तवर बाट केहीन केही दिदै आएको आसुशेन फिल्म्स प्राली ले अब नेपाल मा मात्र नभएर विश्व बजारिकरण गर्न लागि परे सँगै अब आधिकारिकता समेत प्राप्त गरेको छ । सुरुवात देखी नै केही न केही नयाँ नयाँ कुर दिदै आएको आसुसेन ले चलचित्र बजार लाई माथि उकास्न नखोजे पक्कै हैन , सम्भवत चलचित्र बनाउने तेही तरिकालाई अझ फरक तरिका ले फरक स्वादका चलचित्र बनाउन माहिर पनि हो आसुसेन ।  पहिलो चलचित्र चंखे संखे पंखे ले देश को समसामयिक अवस्था युवा हरु को समस्या लाई मज्जै ले उठान गर्यो, दोस्रो चलचित्र “प्रेम गीत” जस्ले बिसुद्द माया गर्ने जोडि हरु को बिच को माया प्रेम को कथा लाई उन्ने बुन्ने काम गर्यो, तेस्रो प्रेम गीत -२ ले माया प्रेम को कुरा सङै , देश को मुर्मा देखी बर्मा सम्मको कथा , परदेश हुदा नि देश प्रेमले कोही कसैलाइ छाड्दैन भन्दै देश को माटो सङ्ग को प्रेम गज्जब ले प्रस्तुत गर्यो, चौथौ कोसेली मेरिमामु, जस्ले पारिवारिक सम्बन्ध को कुरा, एउटा बच्चालाइ आफ्नो आमा को के कत्ती महत्त्व हुन्छ भन्ने कुरा मजाले देखायो, अब भने पाचौ कोसेली सफल चलचित्र प्रेम गीत को सिक्वेल भनेर भनिए पनि २/४ सय बर्ष पुरानो कथा लाई लिएर ,निर्माण हुने भएको छ, अहिले सबै को चासो को बिसय बनेको प्रेम गीत -३ औपचारिक घोषणा नभए पनि चर्चाले शिखर नै चुमेको छ , जुन अहिले वर्कशपमा धमाधम काम भैरहेको छ ।  यसरी भर्खर मात्र आसुसेन ले नेपाली चलचित्र लाई अन्तर्राष्ट्रियकरण गर्न र देश बाहिर सहजताको साथ कार्य गर्ने साथै नेपाली चलचित्रको बजार सिमा बढाउन , यो फिल्म्स प्रा लि अब अमेरिका मा पनि दर्ता भएको छ । प्राली का अध्यक्ष तथा निर्माता सन्तोस सेन ले आफ्नो फेसबुक पेज मा ,स्टाटस राख्दै सो कुरा बताएका छ्न । सेन ले भनेका छन “आधिकारिकता पाउनु ठूलो कुरा हैन कर्तव्यनिस्ठ भएर काम गर्नु ठूलो हो भनेका छन, उत्कृठ चलचित्र बनाइ यसलाई विश्व बजारमा पुर्याउने भन्ने आसुसेन फिल्मसको उदेश्य अनुरूप हामी आज अमेरिकाको कानुन बमोजिम Aasusen Films USA Inc. को नामबाट संयुक्त राज्य अमेरिकामा पनि दर्ता भएका छौ ।”

अमेरिकाबाट  नेपाली चलचित्रको क्षेत्रमा बिभिन्न  कार्यहरू गर्ने बताएका छन । उत्कृष्ट  नेपाली चलचित्रहरूलाई समयमै अमेरिकामा बसोबास गर्ने नेपाली चलचित्रका दर्शकहरू समक्ष पुर्याउने ,  अमेरिकामा छायांकन गर्नु पर्ने अवस्थामा समोन्वयकारी भुमिका खेली सबै ब्यबस्थापन गरिदिने , चलचित्र उधोगका प्रावाधिकहरूको क्षमता अभिबृदीमा सहयोग र समोन्वय गर्ने , उधोगमा बिकशित प्रविधीहरूको समयमै पहुच पुर्याउन सहजीकरण गर्ने र  अमेरिकामा बसोबास गर्ने नेपालीहरू माझ नेपाली कला सस्कृतीलाई चलायमान राख्न चलचित्र, लघु चलचित्र तथा गीत संगीतको उत्पादन र प्रदर्शन गर्ने लक्ष लिएको छ ।