समाचार

यस बर्षको धान दिवस बर्दियाको राजापुरमा मनाईने

अनलाइन नेपालगंज

बुधबार, ११ असार २०७६

नेपाल सरकारले यस वर्षको धान दिवस बर्दिया जिल्लामा मनाउने भएको छ ।

आज काठमाडौंमा पत्रकार सम्मेलन गर्दै कृषि विभागले १६ औं राट्रिय धान दिवस बर्दियाको राजापुर नगरपालिका वडा नम्बर ८, धोविनीपुरमा मनाउन लागेको जानकारी दिएको हो ।

विगतका वर्षहरुमा उपत्यका भित्रका जिल्लाहरु मात्रै मनाउँदै आएको धान दिवस यस पटक उपत्यका बाहिर मनाउन लागिएको हो ।

धान दिवसको मुल नारा यस बर्ष ’धान खेतीमा प्रविधि र यान्त्रिकीकरण, चामल आयातमा न्यूनीकरण’ भन्ने राखिएको छ । विभागले २०६० सालदेखि प्रत्येक वर्ष असार १५ गते धान दिवस मनाउँदै आएको छ ।

-साभार : रातोपाटी डटकम