फिचर

तरुण दल अध्यक्ष बस्नेतको खुलासा कम्युनिष्ट सरकारले गुठी चलाएर काठमाडौंको भावनासँग खेल्दै छ

अनलाइन नेपालगंज

शनिबार, ३२ जेष्ठ २०७६

नेपाल तरुण दलका केन्द्रीय अध्यक्ष जित जंग बस्नेतले वर्तमान केपी ओली कम्युनिष्ट अधिनायकवादी सरकारले लिएर आउन लागेको गुठी सम्बन्धि बिधयक हाम्रो धर्म र संस्कृति सिध्याउने ठुलो षड्यन्त्र रहेको खुलासा गरेका छन् । नेपाली काँग्रेस नुवाकोटले आयोजना गरेको भब्य आमसभामा बोल्दै उनले नेवार समुदाय माथि मात्र नभएर सबै नेपालीहरुको रितिरिवाज परम्परा माथिको प्रहार भईरहेको उनको भनाई रहेको छ ।

जनताको अधिकार माथि अंकुश लगाएर एकलौटी एकदलीय अधिनायकवादी व्यवस्था कायम गर्न कम्युनिष्ट सरकार तल्लिन रहेको उनले दाबी गरेका छन् । उनले निर्मला हत्या काण्ड, सुन काण्ड र बालुवाटार जग्गा काण्डलाई सम्झिदै कम्युनिष्ट सरकार काण्डको दलदलमा दबिरहेको भन्दै अहिलेको सरकार दलाल र भ्रष्टाचारीले चलाईरहेको समेत आरोप लगाएका छन् । मेलम्ची खानेपानी घोटाला प्रकरणको समेत उनले खुलासा गरेका छन् ।


देश विकास भन्दा देशलाई डुबाउने गतिमा अहिलेको सरकार अगाडी बढिरहेको र कम्युनिष्ट सरकारको यस्तै हर्कतले ठुलो बिद्रोह निम्त्याउने उनको भनाई रहेको छ । उनले कम्युनिष्ट सरकारको धर्म संस्कृति सिध्याउने षड्यन्त्रलाई कुनै पनि हालतमा नेपाल तरुण दलले सफल हुन नदिने बताएका छन् । गुठी सम्बन्धि बिधयक कुनै पनि अर्थमा पास हुन नदिने र यो कम्युनिष्ट सरकारलाई राम्रै किसिमले सबक सिकाउने भन्दै तरुण दल अध्यक्ष जित जंग बस्नेतले कम्युनिष्ट सरकारलाई कडा चेतावनी दिएका छन् ।



हजारौको उपस्थिति रहेको नुवाकोटको आमसभामा नेपाली काँग्रेसका पार्टी सभापति तथा भूतपूर्व प्रधानमन्त्री शेरबहादुर देउवा लगायत पार्टीका बरिष्ट नेताहरुको उपस्थिति रहेको थियो । पार्टी सभापति देउवाले सरकारको हर्कत अब नेपाली काँग्रेसले टुलुटुलु हेरेर नबस्ने र यसको गतिलो जवाफ कम्युनिष्ट सरकारलाई दिने बताएका छन् । यस्तै उनले पनि गुठी सम्बन्धि बिधयक कुनै पनि हालतमा पास हुन नदिने प्रतिबद्धता जाहेर गरेका छन् ।